विश्वकै यस्तो अनौठो मन्दिर, जहाँ भ्रष्टाचारी पस्न पाउँदैनन्

Anautho mandir

काठमाडौं । हिन्दु धर्ममा अनेक शक्ति पिठहरु रहेका छन् । हरेक देवीदेवताको फरक विशेषता हुने गर्दछन् । यस्तैं एउटा अनौंठो मन्दिर भारतमा रहेको छ । अहिले धेरै देशहरुमा भ्रष्टाचारको समस्या रहेको छ ।

कुनै कार्यालय वा निजी घरमा भ्रष्टाचारी अथवा गलत उद्देश्य रहेकाहरुलाई प्रवेश निषेध गरिएको कुरा सामान्य हो । यस्तै मठ मन्दिर, मस्जिदलगायतका धार्मिक स्थानमा अन्य धर्मका मानिसलाई प्रवेश निषेध गरिएको भन्ने कुरा अलिक पत्याउन गाह्रो हुन्छ । तर, यहाँ चर्चा गर्न लागिएको विषय भने फरक छ ।

एउटा मन्दिरमा भ्रष्टाचारीलाई प्रवेश निषेध गरिएको छ । विश्वकै यस्तो मन्दिर हो यो जहाँ भ्रष्टाचार गर्ने मानिसहरु छिर्न पाउँदैनन् । भारतको उत्तर प्रदेशस्थित कानपुर विश्वविद्यालयको पछाडिपट्टि रहेको उक्त मन्दिरमा भ्रष्टाचारी मात्र होइन कुनै नेता, मन्त्री तथा सरकारी अधिकारीहरुलाई प्रवेश निषेध गरिएको छ । उक्त मन्दिरको नाम भ्रष्टतन्त्र विनाशक शनि मन्दिर हो ।

निजी जग्गामा बनाइएको सो मन्दिरमा शनि देवताका तिन वटा मूर्तिका साथै ब्रम्हा र हनुमानको पनि मुर्ति राखिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...