बन्दको सामान्य प्रभाव, अनामनगर र पोखरामा शंकास्पद वस्तु फेला पर्दा फैलियो त्रास

Anamnagar bum

काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले गरेको बन्दका कारण उपत्यकासहित देशभरको जनजीवन सामान्य प्रभावित भएको छ ।

विप्लव नेतृत्वको नेकपाले बन्द आह्वान गरेको चर्चासँगै धेरैजसो निजी विद्यालय बन्द गरिएका छन् । बिहीबार काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा गाडीको ओहोरदोहोर सामान्य छ ।

काठमाडौंको चक्रपथमा बुधबार जस्तै सार्वजनिक गाडी चलिरहेका छन् । भित्री ठाउँमा भने हिजोको तुलनामा गाडी कम चलेका छन् । निजी विद्यालय सञ्चालन नभएकाले पनि गाडीको ओहोरदोहोर कम देखिएको प्रहरीको भनाई छ । प्रहरीले सुरक्षा व्यवस्था कडा पारिएको भन्दै निर्वाध रुपमा गाडी चलाउन आग्रह गरेको छ ।

उपत्यकामा बन्दको खासै असर गरेको छैन भने उपत्यका बाहिर भने बन्दको सामान्य प्रभाव परेको छ ।

शंका शंकास्पद वस्तु फेला
यता, विहानै काठमाडौंको अनामनगर र पोखराको सभागृह चोकमा बिहीबार बिहानै शंकास्पद वस्तु फेला परेको छ । नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहले नेपाल बन्दको घोषणा गरेको दिनको पूर्वसन्ध्यामा शंकास्पद वस्तु भेटिएको छ ।

काठमाडौंको अनामनगरमा शंकास्पद वस्तु भेटिएको छ । कालो झोलामा राखिएको अवस्थामा शंकास्पद वस्तु भेटिएको हो । नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलमा पुगेर डिस्पोज गरेको छ । थप विवरण दिइएको छैन ।

मुलुकको मुख्य प्रशासनिक केन्द्र सिंहदरबार छेऊ शंकास्पद वस्तु भेटिएकाले पनि सुरक्षा अधिकारीहरुले विस्तृत विवरण बताएका छैनन् ।पोखराको सभागृह चोकमा भेटिएको शंकास्पद वस्तु बम भएको आशंकामा नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थल पुगेको छ ।नेपाली सेनाले अहिले सवारी आवागमन रोकेर उक्त शंकास्पद वस्तुबारे अनुसन्धान गरिरहेको कास्की प्रहरीले जनाएको छ ।

बम कसले राख्यो भन्ने खुलेको छैन । तर, बिहीबार विप्लवले देशव्यापी बन्द गरेकाले त्यही समूहले राखेको हुनसक्ने अनुमान प्रहरीले गरेको छ । शंकास्पद वस्तु भेटिएपछि पोखराको सभागृह चोक वरपर त्रास फैलिएको छ ।

मूहले कपिलवस्तुमा विप्लवको गाउँमा प्रहरीले चलाएको सर्च अपरेशनका क्रममा खुट्टामा गोली हानेर कार्यकर्ता पक्राउ गरिएको विरुद्धमा बन्द आह्वान गरेको दाबी गरेको छ । प्रहरीको गोलीबाट घाइते दुर्गाबहादुर रोकाको घरबाट प्रहरीले दुईवटा एसएमजी हतियार, एउटा चाइनिज पेस्तोल र २०२ राउण्ड गोली बरामद गरेको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...