बस र मोटरसाइकल एक-आपसमा ठोक्किँदा ३ को मृत्यु, राजमार्ग ठप्प

Accident motor

काठमाडौं । सप्तरीको कुसहामा भएको सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ ।

विपरित दिशाबाट आईरहेको मोटरसाइकललाई १ ख ४९६४ यात्रुबाहक बसले ठक्कर दिँदा दुर्घटना भएको हो ।

को ३४ प ६४३५ नं.को मोटरसाइकलमा सवार २ जना र बसमा सवार १ जना गरी ३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मोटरसाइकलमा सवार सप्तरीको सुरुङा नगरपालिका ५ का मो मजलुम मियाँ र रामे पासवानको घटनास्थलमै मृत्यु भएको हो भने बसमा सवार यात्रुको सनाखत हुन सकेको छैन ।

घटनाको कारण राजमार्ग ठप्प रहेको बताइएको छ । घटनामा बसमा सवार केही यात्रु घाइते भएका छन् ।

उनीहरुलाई उपचारका लागि सिरहाको लहान अस्पताल पठाइएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...