हत्या गरी सडकमा फालेको अवस्थामा एकजनाको शव फेला

Mirtu 1

बझाङ । बुधबार जिल्लाको सदरमुकाम चैनपुरमा एकजनाको शव फेला परेको छ ।

सुर्मा गाउँपालिका वडा नं.१ घर भएका ३५ वर्षिय धर्कबहादुर बोहराको शव फेला परेको प्रहरीले जनाएको छ ।

सदरमुकाम चैनपुरको चौगाई टोलमा हत्या गरेर सडकमा फालिएको अवस्थामा शव फेला परेको हो ।

मृतकको टाउको र अनुहारमा चोट लागेको छ ।

ढुङगाले हानेर हत्या गरिएकोे हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

हत्या किन र के कारणले भएको हो भन्ने खुल्न सकेको छैन ।

स्थानीयबासिन्दाले बुधबार बिहान सडकमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...