भीरबाट खसेको ढुंगा टाउकोमा लाग्दा एक जनाको मृत्यु

Mirtu 1

नुवाकोट । बाटो खन्ने क्रममा भीरबाट खसेको ढुंगा लागेर एकजनाको ज्यान गएको छ ।

सदरमुकाम विदुरदेखि ३० किलोमिटर पश्चिममा रहेको म्यागङ गाउपालिका-३ मानेपाखामा बाटो खन्ने क्रममा माथिबाट खसेको ढुंगा टाउकोमा लागेर स्थानीय ४९ वर्षीय छोरे तामाङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख तथा प्रहरी उपरीक्षक कृष्णबहादुर पल्लिमगरले जानकारी दिए ।

मृतकको शव नुवाकोट जिल्ला अस्पताल त्रिशूलीमा पोष्टमार्टम गरिएको छ।घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको उपरीक्षक पल्लिमगरले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...