ट्रकले स्कुटरलाई ठक्कर दिंदा एक युवतीको मृत्यु, एक गम्भीर घाइते

Mirtu balak

दमौली । ट्रकले स्कुटरलाई ठक्कर दिंदा एक युवतीको मृत्यु भएको छ ।

पोखराबाट दमौली आउँदै गरेको ग १ ख ४८५६ नम्बरको ट्रककले दुलेगौंडाबाट दमौली आउँदै गरेको ग ८ प १८६५ नम्बरको स्कुटीलाई ठक्कर दिएको थियो ।

म्याग्दे ४ मनहरिमा ओभरट्याक गर्ने क्रममा भएको सो घटनामा घाइते स्कुटरमा पछाडी सवार शुक्लागण्डकी नगरपालिका-४ दुलेगौंडा निवासी २५ वर्षीया प्रतिक्षा भण्डारीको मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ ।

घटनालगत्तै घाइते भण्डारीको उपचारका क्रममा दमौली अस्पतालमा मध्याह्न ज्यान गएको ट्राफिक प्रमुख पूर्णबहादुर अधिकारीले जानकारी दिए ।

चालक दुलेगौंडाकै ३४ वर्षीया दुर्गा अधिकारीको उपचार भैरहेको छ ।

घटनालगत्तै फरार ट्रकलाई थर्पु प्रहरी चौकीले नियन्त्रणमा लिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...