भिक्षु अस्वघोषको स्वास्थ्य अवस्था चिन्ताजनक

Vixxuuu

काठमाडौं । थेरवाद बुद्धधर्म भिक्षु महासंघका संघनायक भिक्षु अस्वघोष महास्थवीरको स्वास्थ्य अवस्था चिन्ताजनक बन्दै गएको छ ।

मिर्गौला, मुटु र कलेजोलगायत समस्याबाट ग्रसित भई ग्राण्डी अस्पतालमा उपचार गराउँदै आएका छन् ।

९४ वर्षीय अस्वघोष दुई सातादेखि बिरामी रहेका थिए ।

आठ दशकदेखि बुद्धदर्शन र साहित्यको प्रवर्द्धनमा लाग्दै आएका अस्वघोषले करिब एक सय ५० कृतिहरु प्रकाशित गरेका छन् ।

उनी अखिल भिक्षु महासंघको सल्लाहकारमा समेत रही काम गरेको भिक्षु तपस्सीधम्मले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...