सम्वोधन पछि बेहोस भएकी सांसद शान्ता चौधरी अस्पताल भर्ना

Santa chaudhary

दाङ । मंगलबार बिहान तुलसीपुरमा सरकारी वकीलको कार्यालय उद्घाटन कार्यक्रमलाई सम्वोधन गरेको केही समय पछि बेहोस भएकी संघीय सांसद तथा नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलकी सचेतक शान्ता चौधरी अस्पतालमा भर्ना भएकी छन् ।

हाल उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको चौधरीका स्वकीय सचिव सन्तोष दहितले सेतोपाटीलाई जानकारी दिए ।

‘अझैं रिपोर्ट आएको छैन, तर अहिले उनी बोल्न थालेकी छन्,’ स्वकीय सचिव दहितले भने ।

सरकारी वकिलकै कार्यालयमा बेहोस भए लगतै चौधरीलाई तत्कालै नजिकैको राप्ती प्रादेशिक अस्पतलमा पुर्याइएको थियो ।

चौधरीलाई इमरजेन्सी वार्डको ७ नम्बर बेडमा राखेर उपचार भइरहेको अस्पताल प्रसाशनले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...