बसुन्धरा बम बिस्फोट : आइजिपी खनालद्वारा बिस्फोटस्थल निरीक्षण

Igp nirixen

काठमाडौँ । गत शुक्रबार काठमाडौंको बसुन्धरामा भएको बम बिस्फोटस्थलमा गएर नेपाल प्रहरीका आइजिपी सर्वेन्द्र खनालले निरीक्षण गरेका छन् ।

मंगलबार साँझ, काठमाडौं ओर्लिए लगत्तै खनाल बसुन्धरास्थित बम विस्फोट स्थल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङको घर पुगेका थिए ।

प्रदेश सुरक्षा गोष्ठीका लागि खनाल एक साताअघि सुर्खेत, धनगढी, रुपन्देही हुदैँ धरानमा तय भएको कार्यक्रमका लागि उता गएका थिए ।

निरीक्षणका क्रममा खनालले बम विस्फोटमा सम्लग्नहरुको खोजीमा प्रहरी अनुसन्धानमा जुटिरहेको बताए ।

उनले दोषीहरु चाँडो या ढिलो पक्राउ पर्ने भन्दै धैर्य भएर बस्न आग्रह गरे ।

मंगलबार विहानै गुरुङको घरमा भएको बम बिस्फोटको निरीक्षण गर्न उपप्रधानमन्त्री इश्वर पोखरेल, महानगरीय प्रहरी कार्यालयका डिआइजी शैलेश थापा, उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणा पनि घटनास्थलमा पुगेका थिए ।

घटनाबारे जानकारी गराउन म्यानपावर व्यवसायीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेट गरेका थिए ।

गत शुक्रबार गुरुङको घरमा बम विस्फोटको जिम्मा नेत्र विक्रम चन्द समूहले युवा संगठनले लिएको छ ।

बम विस्फोटबाट गुरुङको फर्चुनर गाडी जल्नुको साथै घर आंशिक रुपमा जलेको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...