सल्यानमा ट्याक्टर दुर्घटना, दुई जनाको मृत्यु

Mirtu 98798

दाङ । सल्यानमा ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

जिल्लाको शारदा नगरपालिका वडा नं. १ शान्तिनगरमा सोमबार बेलुकी ८ बजेतिर भएको ट्रयाक्टर दुर्घटना हुँदा शारदा नगरपालिका १२ का २३ वर्षीय चालक कृष्णबहादुर डाँगी र सोही वडाको चिसापानी निवासी १३ बर्षीय प्रकाश बुढाथोकीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख विरेन्द्रबहादुर शाहीले उनीहरू दुबै जनाको जिल्ला अस्पताल सल्यान खलंगामा उपचारका क्रममा गए राति नै मृत्यु भएको जानकारी दिए ।

बालक बुढाथोकी उक्त ट्रयाक्टरमा लिफ्ट मागेर चढेका हुन् कि त्यसैमा काम गर्थे भन्ने अनुसन्धान भइरहेको डिएसपी शाहीले बताए ।

रा १ त ११५१ नं. को उक्त ट्रयाक्टर सल्यानको श्रीनगरदेखि लान्टितर्फ जाने क्रममा दुर्घटना परेको थियो ।

प्रहरीले मदिरा सेवन गरि चलाएको हुँदा दुर्घटना परेको हुनसक्ने आशंका गरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...