धुर्मुस–सुन्तली फाउण्डेशन र स्थानीयसँग अन्तरक्रिया

Dhurmus222

चितवन । गौतमबुद्ध अन्तर्रा्ष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणस्थलमा मङ्गलबार स्थानीयवासीसँग धुर्मुस–सुन्तली फाउण्डेशनले अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

भरतपुर महानगरपालिका वडा नं १५ र १६ का स्थानीयवासीसँग अन्तरक्रिया गरिएको हो ।

सो अवसरमा रङ्गशालाको सहयोग सङ्कलनको अवस्था, भावी कार्यक्रम, निर्माण प्रक्रियालगायतका विषयमा छलफल भएको थियो ।

फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल धुर्मुस र उपाध्यक्ष कुञ्जना घिमिरे सुन्तलीले सबैलाई सहयोग गर्न आग्रह गरेका थिए ।

सङ्कलित रकम पारदर्शी ढङ्गबाट खर्च गरिनेमा विश्वास दिलाउँदै नेपालकै महत्वपूर्ण सम्पत्तिका रुपमा रङ्गशाला हुने उनीहरुको भनाइ थियो ।

स्वदेश तथा विदेशमा रहेका नेपालीहरु सहयोगका लागि उत्सुक र आतुर भएको भन्दै उनीहरुले सम्पूर्ण नेपालीको लगानीबाट विश्वकै नमूना रङ्गशाला निर्माण गरिने बताए ।

कार्यक्रममा क्रिकेट रङ्गशाला निर्माण गर्न लागिएको भरतपुर महानगरपालिका वडा नं १५ का वडाध्यक्ष शम्भु भण्डारी, वडा नं १६ का वडाध्यक्ष चतुर्मान गुरुङ, उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य डा तिलचन्द्र भट्टराईलगायतले रङ्गशाला निर्माणमा सबैले सहयोग गर्नुपर्ने बताएका थिए ।

सो अवसरमा सहभागीले रङ्गशाला निर्माणमा साथ दिने प्रतिबद्धता व्यक्त गरेका थिए ।

फाउण्डेशनले हालसम्म रु पाँच करोडभन्दा बढी आर्थिक सङ्कलन गरिसकेको छ ।

सबै खेल खेल्न सकिने गरी अत्याधुनिक रङ्गशाला निर्माण गरिदैछ ।

रङ्गशाला निर्माणस्थलमा स्थानीयवासीले श्रमदान गरी काम गर्न शुरु गरिसकेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...