चेमजोङको हत्यामा संलग्न एकजना पक्राउ

Pakkrau

काठमाडौँ । नीरमाया चेमजोङको हत्यामा संलग्न एक जनालाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको छ ।

सुनसरी घर भई नागार्जुन नगरपालिका–५ पाँचधारा हलचोक बस्ने ४५ वर्षीय चेमजोङको हत्यामा संलग्न काठमाडौँका ३७ वर्षीय प्रकाश थापामगरलाई मङ्गलबार साँझ महाशाखाको टोलीले पक्राउ गरेको हो ।

महाशाखाका प्रवक्ता एवं प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले थापामगर र चेमजोङबीच विगत दुई-तीन वर्षदेखि चिनजान हुँदै आएको र एकअर्काको कोठामा आवतजावत गर्दा सोमबार राति एक-आपसमा विवाद भएपछि थापामगरले लात्तीले हानेर बेहोस हुँदा मृत्यु भएको अनुसन्धानमा खुलेको बताए ।

घटनामा संलग्न थापामगरलाई महाशाखा र महानगरीय प्रहरी वृत्त स्वयम्भुको टोलीले पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको महाशाखाले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...