आगलागीबाट ४ घर जलेर नष्ट, १५ लाख बराबरको क्षति

Aaglagi 45

सर्लाही । सर्लाहीको पर्सा गाउँपालिका-४ कविलासी टोलमा मंगलबार राति लागलागी हुँदा ४ घर जलेर नष्ट भएका छन् ।

आगलागीबाट परी १४ लाख ७५ हजारको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

कविलासी टोलका नरेश राय यादवको घरमा विद्युत सर्ट भई आगलागी हुँदा सोही ठाउँका उपेन्द्र यादव, बसीर बैठा धोबी, हकिम बैठा धोबी र ईस्लाम बैठा धोबीको घर जलेर नष्ट भएको हो ।

आगीलागीमा परी रायको फुसको कच्ची घर, गोठ, अन्न, लत्ताकपडा र मोटर साइकल जलेर नष्ट भएको छ ।

रायको मात्रै ६ लाख ८० हजारको क्षति भएको प्रहरीले जनाएको छ ।

त्यसैगरी बसीरको फुसको घर, लत्ताकपडा, अन्न र ५ वटा बाख्रा मरेको छ ।

हकिम बैठाको फुसको कच्ची घर, अन्नपात, लत्ताकपडा र ६ वटा बाख्रा गरी ३ लाख ६० हजारको क्षति भएको छ ।

ईस्लामको पनि फुसको कच्ची घर र गोठ सहित गोठमा भएको ६ बटा बाख्रा गरी ६० हजारको क्षति भएको प्रहरीले जनाएको छ ।

आगो निभाउने क्रममा रायको हात खुट्टा समेत जलेको छ । त्यसैगरी कविलासी नगरपालिका ७ गैर बस्ने रामपृत रायको परालको टालीमा आगलागी हुँदा ४० हजार बराबरको पराल जलेर नष्ट भएको हो ।

आगो स्थानीयवासी, प्रहरी र दमकलको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...