करेन्ट लागेर बेहुलाका भाइको मृत्यु, शाेकमा डुबे जन्ती

Electricshock

दाङ । दाङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । राजपुर गाउँपालिका–५ नौशहरा निवासी २० वर्षीय कामेश्वर यादवको ईनारमा पानी तान्न जडान भएको मोटरबाट करेन्ट लागेर मृत्यु भएको हो । करेन्ट लागेर यादव ईनारमा खसेका थिए ।

घरमा विवाहको उत्सव थियो । जन्ती निस्कने क्रममा बेहुलाका भाइ कामेश्वर यादवको करेन्ट लागेर मृत्युु भएको ईलाका प्रहरी कार्यालय गढवाले जनाएको छ ।

बेहुलाका भाइको मृत्यु भएपछि विवाहस्थल शोकमा डुबेको छ । शवलाई परीक्षणका लागि लमही अस्पतालमा राखिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...