कञ्चनपुरको लालझाँडीमा रहेको बाल विकास केन्द्र पाँच महिनादेखि बन्द

253733305v7zez1cjo9hlt5gnvqqc

काठमाडौं ।  शिक्षिकाको लापरबाहीले कञ्चनपुरको लालझाँडीमा सञ्चालित बाल विकास केन्द्र पाँच महिनादेखि बन्द अवस्थामा रहेको छ । शिक्षिका चन्द्रा कार्की पाँच महिनादेखि अनुपस्थित भएपछि आरक्षपीडित बालबालिका लागि सञ्चालित बाल विकास केन्द्र बन्द अवस्थामा रहेको हो ।

लालझाँडी गाउँपालिका–६ ढक्का शिविरमा रहेको महेश्वर बाल विकास केन्द्रकी शिक्षिका कार्की लामो समयदेखि अनुपस्थित हुँदै आएकी हुन् । स्थानीय रामेश्वर माध्यमिक विद्यालयमार्फत सञ्चालित यो बाल विकास केन्द्रमा २९ जना बालबालिका अध्ययनरत थिए ।

यसअघि, कार्कीले लामो समयदेखि खेताला शिक्षक मार्फत पठनपाठन गराएको र आफूले आधा तबल लिने गरेको समेत खुलासा भएको छ । तर, पाँच महिनादेखि भने खेताला शिक्षकसमेत नआएपछि बाल विकास बन्द अवस्थामा पुगेको स्थानीयले बताएका छन् ।

स्थानीयका अनुसार कार्कीले राजीनामा नदिएसम्म नयाँ शिक्षक भर्ना गर्नसमेत समस्या भएको बताएका छन् । यता, शिक्षा विकास तथा समन्वय इकाई कार्यालय कञ्चनपुरले भने बाल विकास केन्द्रको नियमन, तबलभत्ता निकासाको काम स्थानीय तहले गर्ने भन्दै पन्छिन खोजेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...