सामूहिक आत्महत्या प्रयास ! एक जनाको मृत्यु, २ जना बिरामी

Mirtu balak

वीरगञ्ज । पर्सामा तीन जनाले सामूहिक आत्महत्याको प्रयास गरेको घटना सार्वजनिक भएको छ ।

जसमा एक युवतीको मृत्यु भएको छ भने दुई जना बिरामी भई भारतको इनर्वा बजारमा उपचार भइरहेको छ ।

जिराभवानी गाउँपालिका ४ सढीटोलकी २७ बर्षकी सजिता कुमारीको मृत्यु भएको हो ।

भारतको इनर्वा बजारस्थित डा. अनिल कुमारको क्लिनिकमा उपचार क्रममा उनको मृत्यु भएको थियो ।

उनको शव पोष्टमार्टमका लागि वीरगञ्जको नारायणी अस्पतालमा ल्याइएको छ ।

सोही गाउँकी १३ बर्षकी मजिता कुमारी र जिराभवानी गाउँपालिका वडा नं २ सेढवा २२ वर्षका सञ्जय दास बिरामी छन् ।

उनीहरु भारतको इनर्वा बजारमै उपचार गराई घर फर्किएका छन् । उनीहरुले विष सेवन गरेको आशंका गरे पनि पुष्टि भएको छैन ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी अनन्तराम शर्माले घटनाबारे अनुसन्धान भइरहेको बताए ।

‘उनीहरुले विष सेवन गरेको आशंका गरिएको छ, मृतकको शव पोष्टमार्टमका लागि वीरगञ्ज ल्याइसकेका छौं’ उनले भने ‘भागेर विवाह गर्न खोज्दा घटना भएको जस्तो देखिन्छ । उनीहरुलाई यता ल्याएपछि थप कुरा खुल्छ ।’

स्थानीयका अनुसार २६ गते सञ्जय दास, राम चौधरीलगायत ५ जना केटाहरु सजिता र मजितालाई लिन उनीहरुको गाउँ गएका थिए ।

तर उनीहरु मध्ये ४ जनालाई स्थानीयले पक्रेर प्रहरीलाई बुझाए । दुईजनालाई लिएर सञ्जय मोटरसाइकलमा भागेका थिए ।

स्थानीयले दिनभरी खोजतलास गर्दा पनि उनीहरु फेला परेनन् । उनीहरु भारततर्फ भागेर राति मात्रै फर्केको बुझिएको छ । सञ्जय दुई युवतीसहित आफ्नो घर पुगेका थिए । त्यसपछि उनीहरु बाहिर गएका छैनन् ।

बिहान सञ्जयको आमाले तीनै जना बेहोस भएको थाहा पाइन् । त्यसपछि गाउँलेलाई हार गुहार गरेर उनीहरुलाई उपचारका लागि भारतीय बजार इनर्वा र्पुयाइयो ।

सजितालाई चिकित्सकले मृत घोषित गरे । पक्राउ परेकाहरुसँग प्रहरीले सोधपुछ गरिरहेको छ । पक्राउ परेका मध्येका राम चौधरीलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याइएको छ ।

घटनाबारे प्रहरीले फागुन २७ गते बिहान ११ बजे मात्रै जानकारी पाएको थियो ।

त्यसपछि घटनाबारे अनुसन्धानमा खटिएका इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक आशिष अधिकारीले उनीहरु सुतेको भनिएको कोठामा विष सेवन गरेको पुष्टि हुने कुनै प्रमाण नभेटिएको बताए ।

'परिवारले विष सेवन गरेको भनेका छन्, तर विषको बोतल लगायतका कुनैपनि वस्तु कोठामा भेटेका छैनौं’ उनले भने ‘अहिले नै यकीन भन्न सक्ने अवस्था छैन । हामी अनुसन्धान गरिरहेका छौं ।’

कानुनले विवाहको उमेर २० वर्ष तोकेको भएपनि पछिल्ला दिनमा तराई मधेसका जिल्लामा कम उमेरमै भाग्ने प्रचलन बढी रहको छ । त्यसले गर्दा अभिभावक र प्रहरी प्रशासन हैरान भइसकेका छन् ।

कतिपय अभिभावकले छोरी भगाउने केटा विरुद्ध मानव बेचविखन, अपहरण तथा शरीरबन्धक र जर्बजस्ती करणीको मुद्धा दर्ता गराउन आउने गरेका छन् ।

प्रहरीले केटा केटी दुवैलाई झिकाएर अभिभावकको जिम्मा लगाएर पठाएपनि कतिपय किशोर किशोरी पुन भाग्ने गरेका घटना समत भएको प्रहरी अधिकारीहरु बताउँछन् ।

समाजमा छोरा छोरीले अन्तरजातिय विवाह, भागी विवाह र प्रेम विवाह हुँदा इज्जत प्रतिष्ठामा आँच आउँछ भन्ने सोच विद्यमान रहेको जानकारहरुको भनाइ छ ।

अधिवक्ता विनोद कुर्मी समाजमा पछिल्लो समयमा देखिएको घटनाहरु रोक्नका लागि स्थानीय सरकार, अभिभावक र शिक्षकहरु सचेत हुनुपर्ने बताए ।

विद्यार्थीलाई नैतिक शिक्षा दिनु आवश्यक देखिएको पनि उनको भनाइ छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...