हिउँमा पुरिएको अवस्थामा गाइड र नेदरल्याण्डका पर्यटकको शव फेला

Him pahiroo222

धादिङ । परिवार होलिडे कम्पनीबाट पदयात्रामा गएका गाइड अजय ढकाल र नेदरल्याण्डका पर्यटक भीजे ब्लोएमको शव दश दिनपछि फेला परेको छ ।

नेदरल्याण्डका पर्यटक ३० वर्षीय भीजेसहित गाइड अजय ढकाल फागुन १३ गते हिमपहिरोमा परेका थिए ।

धादिङ गंगाजमुना गाउँपालिका–६ घर भएका २५ वर्षीय गाइड अजय ढकाल नेदरल्याण्डका पर्यटक ३० वर्षीय भीजे ब्लोएमलाई लिएर मनाङको पिसाङ क्षेत्रतर्फ पदयात्रामा गएका थिए ।

कम्पनी गैरजिम्मेवार हुँदा मृत्यु भएको दुई सातासम्म त्यसबारे जानकारी भएन । कम्पनीले फागुन २१ गते पोखराबाट काठमाडौं फर्कन गाडीको टिकट काटेको थियो ।

पर्यटक गाडी चढ्न नआएपछि काउण्टरले सम्पर्क गर्दा मात्र यी दुईका बारेमा १० दिनपछि मात्रै खोजी सुरु भयो ।

उनीहरूको शव मनाङको ढुकुर पोखरी र पिसाङ हिमालको बीचमा ३२०० मिटरको उचाइमा हिउँमा पुरिएको अवस्थामा फेला परेको हो ।

हेलिकप्टरमार्फत गाइड छिरिङ पाण्डे भोटे नेतृत्वमा ३ जना माउन्टेन गाइडले खोजी गरी शवलाई शनिबार काठमाडौं ल्याएका हुन् । उनीहरूको शव परिवारलाई जिम्मा लगाएको छ ।

फागुन १३ मा गाइड ढकालले मौसम खराबीले अगाडि जान नसकेर पिसाङतर्फनै फर्केको कम्पनीलाई जानकारी गराएको कम्पनीका केवल गिरीले बताए । गाइडसँगै भएकाले कम्पनीले सम्पर्क नगरेको गिरीको भनाइ छ ।

आफूले पठाएका पर्यटक तथा गाइडबारे कम्पनीले थप चासो नलिइ वेवास्ता गर्नु दुखद् पक्ष भएको ट्रेकिङ गाइड एसोसिएसन अफ नेपालका अध्यक्ष कर्ण गुरुङले बताए ।

गैरजिम्मेवार भएर पर्यटन व्यवसाय सञ्चालन गर्दा विश्वमै नेपाली पर्यटन व्यवसायप्रति नकारात्मक सन्देश जाने उनी बताउँछन् ।

व्यवसायीले आफ्नो कामदार र पाहुनाप्रति जिम्मेवार नहुनु र तत्काल उद्धार गर्न नसकिनु दुखद् भएको ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपालका महासचिव आङपेम्वा शेर्पाले बताए ।

व्यवसायमात्र सञ्चालन गर्ने भन्दा पनि दायित्व पूरा गरी नेपाल रहुन्जेल खुसीसाथ भ्रमण गराउनु व्यवसायीको कर्तव्य हो शेर्पाले भने ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...