दोलखामा करेन्ट लागेर एक जनाको मृत्यु

Cuerent 2

दोलखा । उत्तरी दोलखाको बाबरेमा फ्रिजमा जोडेको तार सट हहुँदा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

आइतबार राति फ्रिजमा जोडेको करेन्ट लागेर कालिञ्चोक गाउँपालिका-२, बाबरेका २९ वर्षका मदन थामीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

फ्रिजमा राखिएको मासु निकाल्ने क्रममा राति करिब साढे ११ बजे करेन्ट लागेको मृतकका पिता दलबहादुर थामीले बताए । मृतक थामीले मासुको व्यवसाय गर्ने गरेको प्रहरीले जनाएको छ ।

करेन्ट लागेपछि उपचारको लागि चरिकोट प्राथमिक स्वास्थ्य केन्द्र ल्याउने क्रममा बीच बाटोमै थामीको मृत्यु भएको परिवारले बताएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...