अवैध लागुऔषध चरेससहित १ जना पक्राउ

Pakrau

डडेलधुरा । डडेलधुरा प्रहरीले लागुऔषध चरेससहित १ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा डडेलधुराकाे सदरमुकाम तुफानडाँडास्थित 'आरकेफास्ट फुड नास्ता पसल'का सञ्चालक ३६ वर्षीय बहादुर सिंह खड्का रहेका छन्।

चरेस आफ्नो पसलमा लुकाइछिपाइ राखी स–सानो प्याकेट बनाइ बिक्रीवितरण गर्ने गरेको भन्ने विशेष सूचनाको आधारमा आइतबार दिउँसो उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डडेलधुराका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर केसीले जानकारी दिए।

३ सय ३५ ग्राम अवैध लागुऔषध चरेस लुकाइछिपाइ राखेको अवस्थामा फेला परेकोले उनलाई नियन्त्रणमा लिइएकाे जनाइएकाे छ। उनलाई कानुनबमोजिम मुद्दा दर्तापश्चात् डडेलधुरा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...