एक युवकको शव बेवारिसे अवस्थामा फेला

Mirtu balak

सप्तरी । सप्तरीमा मकैबारीमा एक युवकको शव बेवारिसे अवस्थामा फेला परेको छ ।

अग्नीसाइर कृष्णसवरण गाउँपालिका-६ मोहनपुर निवासी निलम मेहताको मकैबारीमा नामथर ठेगाना नखुलेको करिब ३० वर्षीय युवकको शव वेवारिसे अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ ।

बिहान स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए, इलाका प्रहरी कार्यालय कञ्चनरुपका प्रहरी निरीक्षक प्रतिक विष्टले भने, 'प्रहरी घटनास्थल पुग्दा उनको शव उत्तानो परेको अवस्थामा थियो ।’

स्थानीय प्रदिप आचार्यका अनुसार निलो रंगको ज्याकेट र जिन्स पेन्टलगाएका मृतकको खल्तीमा काँकडभिट्टाबाट काटिएको मिति उल्लेख नभएको बसको टिकट र ५० रुपैयाँ फेला परेको छ ।

शव पोष्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा राखिएको छ ।

अस्पतालका अनुसार शवको पहिचान हुन नसकेकाले पोष्टमार्टम हुन सकेको छैन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...