बिद्धुत सर्ट हुँदा आगलागी, ११ लाख बराबरको क्षति

Aaglagi

राजविराज । शनिबार राति बिजुलीको तार सर्ट भएर सप्तरीमा आगलागी भएको छ ।

अग्निसाइर कृष्णसवरन गाउँपालिका-२ निवासी मिश्रीलाल चौधरीको टिनको छानो भएको दुई तले घरमा बिजुलीको तार सर्ट भई आगलागी भएको इलाका प्रहरी कार्यालय महुलीले जनाएको छ ।

आगलागीबाट चौधरीको घरसहित चम्पीलाल चौधरी र बचकुन चौधरीको टिनको छाना भएको एक तल्ले घर र दुगोलाल चौधरीको भान्सा घर आगोले नष्ट भएको छ ।

घर र घरभित्र रहेका अन्नपात, लत्ता कपडा, भाँडावर्तन पूर्ण रुपले जलेर नष्ट हुँदा करिब ११ लाख मूल्य बराबरको क्षति भएको चम्पीलाल चौधरीले बताए ।

आगो बारुणयन्त्रका साथै ईलाका प्रहरी कार्यालय महुली, सप्तरीबाट खटिएको प्रहरी टोली र स्थानीयवासिन्दाले राति नै नियन्त्रणमा लिएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...