सिके राउतसँगको सहमतिबारे स्पष्ट पार्न सरकारसंग माग

Sammanit

काठमाडौं । प्रतिनिधिसभाको आईतबारको बैठकमा सांसदहरुले सिके राउतसँग भएको सहमतिबारे सदनमा स्पष्ट पार्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

सांसदहरुले स्वतन्त्र मधेस गठबन्धनसंग सरकारले गरेको सहमतिले राष्ट्रिय अखण्डता र सार्वभौमिकतामाथि गम्भीर प्रश्न उब्जाएको भन्दै त्यसबारे सदनमा स्पष्ट पार्न माग गरेका हुन् ।

बैठकको विशेष र सुन्य समयमा बोल्दै सत्तारुढ दलकै सांसदहरुले पनि सरकार र गठबन्धनबीच भएको राजनीतिक सहमतिबारे सदनलाई स्पष्ट पार्न सरकारको ध्यानाकर्षण गराए ।

सांसद भीम रावले सरकारले सिके राउतसँग गरेको सहमति संविधान विपरित भएको भन्दै सहमतिमा भएको त्रुटी सच्याउन माग गरे ।

उनले सिके राउतले नेपालको संविधान विपरितका क्रियाकलाप गरेकाले अब नेपालको संविधानलाई आत्मसात गरेर नेपालको स्वाधीनता र अखण्डता अनुरुप शान्तिपूर्ण प्रतिस्पर्धामा जान तयार भएको पुरक वक्तव्य दिनुपर्ने दाबी समेत गरे ।

सांसद डाक्टर मिनेन्द्र रिजालले सिके राउतसँग गरिएको सम्झौताको बुँदा नम्बर दुई विवादास्पद भएको भन्दै त्यसबारे सरकारले त्यसबारे सदनलाई स्पष्ट पार्नुपर्ने बातए ।

सांसद राजेन्द्र प्रसाद लिङ्देनले नेपाल सरकारसँगको सहमतिलाई सिके राउतले जनमतसंग्रह गर्न सरकार तयार रहेको भनी प्रचार गरिरहेको भन्दै त्यसबारे सरकारको जवाफ माग गरे ।

उनले सिके राउतको समूहलाई राजनीतिक शक्तिको रुपमा मान्न सरकार तयार भएको हो भनी प्रश्न गरे ।

सांसद प्रेम सुवालले सिके राउतसँगको सहमति विदेशी दबाबमा भएको र नेपाल भारतको रणनीतिको चंगुलमा फसेको चर्चा चलेको भन्दै सरकारले सहमतिबारे सदनमा स्पष्ट पार्नुपर्ने माग गरे ।

सांसद महेश बस्नेतले सहमतिको २ नम्बर बुँदामा लेखिएको जनअभिमत भनेको आवधिक निर्वाचन भएको भन्दै कुव्याख्या नगर्न आग्रह गरे । उनले सरकार र सिके साउतसँग भएको सहमतिको डलर खेती गर्ने र सेलिब्रेटी राष्ट्रवादीहरुले मात्रै विरोध गरेको भन्दै सरकारको निर्णयको बचाउ गरे ।

बैठकको सून्य समयमा बोल्दै नेपाली काँग्रेसका सांसद गगन थापाले पृथकतावादको नारा लिएको स्वतन्त्र मधेस गठबन्धन बीच नेपालको संविधानको सिमा भित्र मधेस र मधेसीको हक खोज्ने सहमति सकारात्मक भएपछि यसको पृष्ठभूमि र शैलीले अदालत र सरकारबीच कतै मिलेमतो त चलिरहेको त छैन भन्ने गम्भीर प्रश्न उठाएको भन्दै सहमति बारे सदनमा छलफल गरिनुपर्ने माग गरे ।

उनले भने, ‘सहमतिमा प्रयोग भएको शब्दाबलीको दुई पक्षको आ आफ्नै व्याख्याले सकारात्मक वातावरणलाई संसयको घेरामा ल्याएको छ । के को लागि जनमतसंग्रह ? कसका लागि जनमत संग्रह ? हामी लाई उत्तर चाहिन्छ ।'

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...