आज १०९ औं अन्तर्राष्ट्रिय महिला दिवस, विभिन्न कार्यक्रमका साथ मनाईँदै

Mahila

काठमाडौं । 'महिला सबैभन्दा पहिला' यो अर्थपुर्ण शब्दले नै प्रष्टै पार्छ महिलाको भुमिका र महत्व यो संसारमा । आज १०९ औं अन्तर्राष्ट्रिय महिला दिवस । हरेक वर्ष मार्च ८ तारिखका दिन अन्तर्राष्ट्रिय महिला दिवस मनाउने गरिन्छ । नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाउने गरिन्छ ।

आजको दिन महिला अधिकारका क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थाले विभिन्न र्‍याली, गोष्ठी तथा अन्तर्क्रियालगायतका कार्यक्रम आयोजना गरिरहेका छन् । नारी मुक्ति आन्दोलनकी प्रणेता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणका विरुद्ध बुलन्द आवाज उद्घोष गरेको दिनको सम्झनामा यो दिवस मनाउने गरिन्छ ।

सन् १८५७ देखि नै श्रमिक महिलाहरुले आफ्नो श्रम शोषणका विरुद्ध आवाज उठाएका थिए । यसरी उठ्दै आएको आवाज सन् १८९७ मा आइपुग्दा अझ सशक्त बन्दै गएकाले अमेरिकाको न्यूयोर्कमा एउटा गार्मेन्ट फ्याक्ट्रिमा काम गर्ने श्रमिक महिला समूहले आफ्नो काम गर्ने समय १० घण्टा मात्र हुनुपर्ने माग राख्दै गएबाट अझ सशक्त बन्दै गएको पाइन्छ ।

यसरी सन् १९०६ मा जर्मनको स्टुटगार्ड भन्ने ठाउँमा समाजवादी महिलाहरुले प्रथम अन्तर्राष्ट्रिय श्रमिक महिला सम्मेलनको आयोजना गरेका थिए । उक्त सम्मेलनले श्रमिक महिला संगठन स्थापना गर्‍यो र यसको नेतृत्व महिला श्रमिक नेता क्लारा जेट्किनले गरेकी थिइन् ।

उक्त संगठनमार्फत् १९०८ मा महिलाले भोट दिन पाउनुपर्छ भनी विभिन्न विरोध प्रदर्शन गर्न थालियो । यसरी सन् १९१० मा डेनमार्कको कोपनहेगनमा दोस्रो अन्तर्राष्ट्रिय श्रमिक सम्मेलन सम्पन्न भयो । यो सम्मेलनले सन् १९११ मा प्रथम श्रमिक महिला दिवस र पछिका वर्षहरुमा यसलाई अन्तर्राष्ट्रिय महिला दिवस प्रत्येक राष्ट्रका महिलाले मनाउन थालेका हुन् ।

नारी दिवस हरेक वर्ष विश्वभरका महिलाले एउटा प्रथा परम्परा र चाडका रुपमा मनाउँदै आएका छन् । दिवसलाई भव्यरुपमा सफल बनाउनका लागि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले मन्त्री थममाया थापाको अध्यक्षमा मूल समारोह समितिसमेत गठन गरेको छ ।दिवसका अवसरमा मन्त्रालय र गैरसरकारी संस्थाले समेत विभिन्न कार्यक्रम गर्ने भएका छन् ।

सरकार र विभिन्न राजनीतिक दलहरुले समृद्ध नेपाल निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरिरहेको अवस्थामा महिला र पुरुषको समान ज्याला वा समानताको रुपमा हेरिएको सो दिवसका अवसरमा देशैभरि विभिन्न कार्यक्रमको आयोजना गरिएको छ ।

दिवसको अवसरमा विभिन्न रचनात्मक तथा सिर्जनात्मक कार्यक्रम गरी तीनै तहका सरकार, संवैधानिक निकाय, नागरिक समाज, सङ्घ संस्था, विकास साझेदार सबैसँग समन्वय गरिएको छ । अन्तर्राष्ट्रिय महिला दिवसका नाराहरु सामाजिक सचेतनामूलक सन्देशसहितको नारा एसएमएस मोबाइल म्यासेज पनि पठाइँदैछ । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...