पूर्व मुमा बडामहारानी शाहको रगतमा कडा संक्रमण, उपचार जारी 'स्वास्थ्यमा सुधार'

Queen mother ratna rajya laxmi devi shah

काठमाडौं । तीन दिनदेखि नर्भिक अस्पतालमा उपचाररत पूर्व मुमा बडामहारानी रत्न राज्यलक्ष्मी शाहको रगतमा कडा खालको संक्रमण भएको चिकित्सकहरुले बताएका छन् ।

ज्वरो तथा पखालाको समस्या देखिएपछि उनलाई उपचारका लागि मंगलबार साँझ नर्भिक लगिएको थियो । अस्पतालमा परीक्षणका क्रममा उनको शरीरमा कडा संक्रमण भेटिएको हो । संक्रमण देखिए लगत्तै चिकित्सकले उनलाई संक्रमण घटाउने औषधि दिएका छन् ।

संक्रमणका कारण ९१ वर्षे शाहको सेता रक्तकोषको मात्रा बढेर ३० हजार प्रति एमसिएल पाइएको थियो । सामान्य अवस्थामा यो उमेरको व्यक्तिमा ३ हजार देखि ५ हजार प्रति एमसिएल सेता रक्तकोष हुनुपर्छ । 

औषधि चलाएपछि अहिले उनको स्वास्थ्यमा सुधार आइरहेको उपचारमा संलग्न एक चिकित्सकले जानकारी दिए । उनको उपचारमा डा. खगेन्द्रबहादुर श्रेष्ठ, डा. ब्रजेन्द्र श्रीवास्तव, डा मधु घिमिरे लगायतका टोली खटिएको छ । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...