विप्लवका ३ जना नेता तुलसीपुरमा पक्राउ

Pakkrau 1

दाङ । ईलाका प्रहरी कार्यालय तुलसीपुरले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका तीन जना नेतालाई पक्राउ गरेको छ । मंगलबार दिउँसो पौने ३ बजेतिर तुलसीपुरबाट प्रहरीले तीन जना नेतालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा नेकपा दाङका जिल्ला सचिवालय सदस्यद्वय प्रदीप वली र ईश्वरी पाण्डे र तुलसीपुर उपमहानगरपालिकाका सक्रेटरी रुद्र वली रहेको स्रोतले जानकारी दिएको छ ।

नेकपाले तुलसीपुरस्थित एक पार्टी प्यालेसमा शहीद परिवारलाई सम्मान गर्न आयोजित कार्यक्रमबाट उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

'कार्यक्रमस्थलबाटै हाम्रा तीन जना नेताहरूलाई जबरजस्ती बल प्रयोग गरेर प्रहरीले लगेर गयो', एक नेताले भने, 'हामी भने भाग्न सफल भयौं ।’

एक प्रहरी अधिकारीले माथिको आदेशका कारण उनीहरूलाई पक्राउ गरिएको जानकारी दिए पनि पक्राउ परेका व्यक्तिका बारेमा भने कुनै कुरा खुलाउन चाहेनन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...