ग्रान्डी अस्पतालमा नयाँ पद्धतिबाट मृगौला प्रत्यारोपण

Hospita grandee

काठमाडौं । ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालको चिकित्सक टोलीले ल्याप्रेस्कोपिक पद्धतिबाट सफल मृगौला प्रत्यारोपण गरेको छ ।

आज डा.ज्ञवाली,डा.पवन चालिसे, डा.अनिल श्रेष्ठ, डा.भोजराज लुइँटेल, डा.सुरेन्द्र विक्रम अधिकारी, स्टाफ नर्स मन्जु शाही, सुजाता गणेश र रोशनी डालीको टोलीले एक ३५ वर्षीया महिलाको मृगौला उनकै ३८ वर्षीय पतिको शरीरमा ल्याप्रपोस्कोपिक माध्यमबाट प्रत्यारोपण गरेको जनाएको छ ।

शरीरमा न्युनतम हानी गरी गरिने यो शल्यक्रियाको घाउ चाँडै निको हुन्छ र जटिलता पनि कम हुने चिकित्सकले जनाएको छ । साथै प्रत्यारोपण गरिएको मृगौलाको काम गर्ने क्षमतामा कुनै फरक नहुने पनि जनाएको छ ।

दाताको शरीरबाट ल्याप्रेस्कोपिक माध्यमबाट मृगौला निकालिए पनि ग्रहणकर्तामा भने पुरानै पद्धतिबाट मृगौला प्रत्यारोपण गर्नुपर्ने हुन्छ । यो नयाँ पद्धतिमा प्रत्यारोपणमा लाग्ने समय कम हुने चिकित्सकको भनाई छ ।

साथै ग्रान्डी अस्पताल यस्तो प्रकारको अप्रेशन गर्ने अस्पतालको राष्ट्रिय र अन्तर्रा्ष्ट्रिय क्लबमा पनि सहभागी भएको जनाएको छ ।

नेपालको स्वास्थ्य सेवामा यो हाम्रो एउटा सानो योगदानका रुपमा रहनेछ,’ ग्रान्डी अन्तर्रा्ष्ट्रिय अस्पतालका मेडिकल डाइरेक्टर डा.चक्रराज पाण्डेले भने, ‘यो अपरेसन नेपालमा भएका ल्याप्रेस्कोपिक र एन्थ्रोस्कोपिक अपरेसनको एउटा महत्वपूर्ण अंश हो ।’

ल्याप्रेस्कोपिक मृगौला प्रत्यारोपणका दाता र ग्रहणकर्ता दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालका मेडिकल डाइरेक्टर डाक्टर चक्रराज पाण्डेले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...