अवैध अमेरिकी डलरसहित २ महिला पक्राउ

Pakrau mahila

काठमाडौं । अवैध ६९ हजार पाँच सय ५० अमेरिकी डलरसहित त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-४ की सरला खड्का र काठमाडौं-१६ की रिंकु गुरुङ रहेका छन् ।

सोमबार उनीहरु नेपाल एयरलाइन्समार्फत वैंकक जान लागेका थिए । प्रहरीले अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियामा उनीहरुको लगेज चेक जाँच गर्ने क्रममा उनीहरुको लगेजबाट डलर बरामद भएको जनाएको छ ।

प्रहरीका अनुसार सरला खड्काको साथबाट ३५ हजार छ सय ५० र रिंकु गुरुङको साथबाट ३३ हजार नौ सय अमेरिकी डलर बरामद भएको हो ।

उनीहरुलाई नियन्त्रमा लिएर डलरबारे अनसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...