पानीजहाज चलाउन नारायणी र कोशी नदी विशेष प्राथमीकतामा

Narayeni nadi

परासी । नेपाल र भारतका अधिकारीहरुले नारायणी नदीमा जलमार्ग संचालनका लागि स्थलगतरुपमा सम्भाव्यता अध्ययन गरेका छन् । जलमार्ग संचालनका लागि नारायणी र कोशी नदी विशेष प्राथमीकतामा राखेर अध्ययन भईरहेको छ ।

भारतले गंगा नदीमा निमार्ण गर्न लागेको जलमार्गलाई गण्डक नहरसँग जोडेर नेपालमा पनि पानीजहाज चलाउन सकिने नसकिने विषयमा दुवै देशका प्राविधिक टोलीले पश्चिम नवलपरासीको सुस्ता नर्सही र त्रिवेणी ब्यारेजमा स्थलगत अध्ययन गरेको हो ।

नेपालका लागि गण्डक बाँधको ठोकर नम्बर १२ आसपासमा टर्मिनल निमार्णका लागि उपयुक्त हुने देखिएको नेपाली पक्षबाट सम्भाव्यता अध्ययन टोलीका प्रमुख जल तथा ऊर्जा आयोजनाका सहसचिव माधव बेल्वासेले बताए ।

'प्रधानमन्त्री ज्यूको जल यातायात बारे विशेष चासो छ । यसमा भारतीय पक्ष पनि सहयोगका लागि तयार भएकाले हामीले यसको स्थलगत अध्ययन गरेर एउटा निष्कर्षमा पुग्न खोजेका छौ,’ उनले भने, ’नारायणी र कोशी नदीलाई विशेष प्राथमीकतामा राखेर अध्ययन अनुसन्धान भइरहेको छ ।’

नेपाल-भारत चल्ने पानीजहाजको मुख्य टर्मिनल सुस्ताको ठोकर नम्बर १२ आसपासमा राख्न सकिने अध्ययनमा सहभागी प्राविधिकहरुको भनाई छ ।

मुख्य टर्मिनल सुस्ता र त्रिवेणी व्यारेजको आसपासमा राख्ने, पूर्वपश्चिम राजमार्गलाई सहजै जोड्न नवलपुरको कावासोती र अन्तिम बिन्दु चितवनको दासढुंगासम्म पानीजहाज चलाउने नेपालको योजना छ ।

नेपालमा पानीजहाजको सम्भावना खोज्न गठित समिति र भारतको अन्तरदेशीय जलमार्ग प्राधिकरण विज्ञ समूहले नारायणी र कोशी नदीमा पहिलो चरणमा स्थलगत अध्ययन गरेर बुधबार काठमाडौंमा बैठक बसेर प्रारम्भिक अध्ययनको निष्कर्ष निकाल्ने छ ।

नेपालबाट समितिका संयोजक बेल्वासेसहित परराष्ट्र मन्त्रालयकी रीता धिताल, उद्योग मन्त्रालयका सहसचिव मधु मरासिनी, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका गोपाल सिग्देल, तर्कराज भट्ट, महेश्वर श्रेष्ठलगायत भारतबाट अन्तरदेशीय जलमार्ग प्राधिकरणका विज्ञ प्रवीर पाण्डेको नेतृत्वमा नौजनाको टोलीले स्थलगत अध्ययन गरिरहेका छन् ।

नारायणी नदीलाई भारतले त्रिवेणी व्यारेजबाट गण्डक नहर बनाएर सिचाईका लागि पानी लगेको छ ।पानीजहाज संचालनका लागि सधै एकैनासको पानी आवश्यक पर्ने भएकाले नदीको वहावलाई नियन्त्रण गरेर वर्षा र सुक्खा मौसममा पनि समान बहाव वनाउन भौतिक संरचना निमार्ण हुनेछ ।

त्रिवेणी व्यारेजबाट अगाडि जानका लागि व्यारेज नजिकैबाट वाईपास जलमार्ग निमार्ण हुनेछ ।

वाईपास जलमार्गका लागि गण्डक क्षेत्रमा यसअघिनै पानीको निकासका लागि सामान्य संरचना र जग्गा भएकाले पानीजहाज संचालनको सम्भावना रहेको अध्ययन टोलीको भनाई छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...