बालिका करणीको आरोपमा एक युवक पक्राउ

Pakrau 11

गाईघाट । सोमबार साँझ उदयपुरका एक युवालाई १३ वर्षीया बालिका बलात्कारको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

फाल्गुन १७ गते राति ७ बजे घरमा कोही नभएको मौकाछोपी बालिका बलात्कार गरेको आरोपमा चौदण्डीगढी नगरपालिका १ कटहरेका २५ वर्षीय मिनकुमार श्रेष्ठ पक्राउ परेका हुन् ।

पीडितका आफन्तले सोमबार जाहेरी दिएपछि इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी टोलीले श्रेष्ठलाई पक्राउ गरेको हो ।

बलात्कार पछि ज्यान मार्ने धम्की दिएपछि पीडितले त्रासले घटना बारेमा कसैलाई जानकारी नगराएको बताइएको छ। पक्राउ परेका श्रेष्ठलाई प्रहरीले हिरासतमा राखी थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...