पोखरामा फेरी प्याराग्लाइडिङ दुर्घटना, रसियन प्याराग्लाइडरको मृत्यु

Paraglider

पोखरा । पर्यटकीय नगरी पोखरामा मंगलबार पनि फेरी प्याराग्लाइडिङ दुर्घटना भएको छ ।

मंगलबार मध्यान्ह १२ बजेर ५ मिनेटमा सराङकोटबाट उडेका एकजना रसियन नागरिक डिमिडभील स्पाइसिनको दुर्घटनामा परेर ज्यान गएको हो ।

दुर्घटनामा परेका रसियन प्याराग्लाइडरलाई उपचारका लागि पोखरास्थित मेट्रो सिटी अस्पतालमा पुर्याइएको थियो । चिकित्सकले उनलाई मृत घोषित गरे ।

मृत्यु हुने रसियन पर्यटक ४२ वर्षीय डिमिडभील स्पाइसिन रहेका वडा प्रहरी कार्यालय बैदामका डिएसपी कोमल शाहले जानकारी दिएका छन् ।

पोखरामा तीन दिनदेखि लगातार प्याराग्लाइडिङ दुर्घटना भइरहेको छ । सोमबार रसियाका दुई नागरिक प्याराग्लाइडिङ दुर्घटनाा परी गम्भीर घाइते भएका थिए ।

त्यस्तै आइतबार रोमानियाका एक पर्यटकको प्याराग्लाइडिङ दुर्घटनामा परेर ज्यान गएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...