जीप दुर्घटना : एक जनाको मृत्यु, १२ घाइते

Durghatana

तनहुँ । मंगलबार तनहुँमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा १२ यात्रु घाइते भएका छन् ।

बन्दीपुर गाउँपालिका –३ रामकोटबाट दमौली आउँदै गरेको ग १ ज २९०७ नम्बरको जीप पृथ्वी राजमार्ग अन्तर्गत घाँसिकुवा नजिकै सडकबाट करिब १० मिटर तल खस्दा रामकोटका ७५ वर्षीय बुद्धिबहादुर थापा मगरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

घाइते हुनेहरुमा चालक नरबहादुर घर्ती, जीप मालिक दलबहादुर सुनारी मगर, यात्रुहरु कुमार बस्याल, होमबहादुर थापा, घनश्याम थापा, सावित्री थापा, देवीमाया थापा खुममाया थापा, बेलिसरा थापा मगर, मिरा थापा र लक्ष्मी पन्थ रहेका छन् ।

चालक घर्तीलाई थप उपचारका लागि मणिपाल शिक्षण अस्पताल पोखरा पठाइएको छ भने अन्य घाइतेको दमौली स्थित रत्नहरी अस्पताल र दमौली अस्पतालमा उपचार भइरहेको छ ।

घाइते सबै बन्दीपुर गाउँपालिकाका बासिन्दा हुन् । जीपको टायर पन्चर भएर जीप अनियन्त्रित भई दुर्घटना भएको प्रत्यक्षदर्शीले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...