प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

Pm ofice

काठमाडौं।  प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् । नेकपाका नेता तथा पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीको निधन भएपछि मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाइएको हो ।

अहिले बिहान साढे १० बजे बस्ने बैठकले अधिकारीको निधनपछि उनलाई दिइने श्रद्धाञ्जलि लगायतका विषयमा आवश्यक निर्णय लिइने सम्भावना छ ।

यस्तै हेलिकप्टर दुर्घटनामा मन्त्री रवीन्द्र अधिकारीको निधन भएकाले अब उनको ठाउँमा कसलाई ल्याउने भन्नेबारे पनि मन्त्रिपरिषद्को बैठकले निर्णय लिन सक्ने सम्भावना छ ।

अहिले बालुवाटारमा नेकपाको सचिवालय बैठक बसिरहेको छ ।

प्रतिकृया दिनुहोस