राप्रपाको मेची महाकाली अभियान जारी, आज जनकपुरबाट यात्रा शुरु

Mechi mahakali

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दू राष्ट्र पुनःस्थापनाको माग गर्दै ताप्लेजुङबाट शुरु गरेको अभियान जनकपुर पुगेको छ । राप्रपाले हिन्दू राष्ट्र पुनःस्थापनाको मुख्य मागसहित फागुन १५ बाट ‘मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रा’ सुरुवात गरेको हो ।

आज जनकपुरबाट यात्रा शुरु गर्ने प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए । स्वाभिमान यात्रामा अध्यक्ष कमल थापासहितका शीर्ष नेता आफैं सहभागी भएका छन् । हिन्दू राष्ट्र स्थापनाको मुख्य मागसहित शुरु गरिएको अभियानमा धनुषासम्म पुग्दा उत्साहजनक सहभागिता पाइएको श्रेष्ठले बताए ।

राप्रपाले १५ दिने यात्राको अभियानलाई कञ्चनपुरको महेन्द्रनगर पुगेर टुंगाइने र ३० फागुनमा संघीय राजधानी काठमाडौंमा समापन गर्ने जनाएको छ । 

प्रतिकृया दिनुहोस