महाशिवरात्री पर्वको सम्पूर्ण तयारी पूरा

Maha shivarati09

काठमाडौं । महाशिवरात्री पर्वको सम्पूर्ण तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोषले आज पत्रकार सम्मेलन गरी महाशिवरात्रिका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनाएको हो । कोषले पर्वका दिन फागनु २० गते पश्चिम ढोकाबाट एउटा र दक्षिण ढोकाबाट दुईओटा गरी तीन स्थानबाट मन्दिर दर्शनको व्यवस्था मिलाइएको जनाएको छ ।

तिलगंगा, राम मन्दिरतर्फ पनि आवश्यकताअनुसार एउटा लाइन हुनसक्नेछ । महाशिवरात्रिभर नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागबाट सुरक्षाकर्मी परिचालन गरिनेछ भने करिब पाँच हजार नेपाल स्काउटका स्वंसेवक पनि परिचालन हुनेछन् । कोषले मन्दिर प्राङ्गणभित्र रात्रिकालीन व्यवस्थासहित कोषको आफ्नै नेतृत्वमा विशेष जनशक्ति परिचालन गरिने जनाएको छ ।

साधु–सन्तका लागि आवश्यक निःशुल्क भोजन, बसोबासको व्यवस्था मिलाइएको र धुनीकोसमेत व्यवस्था मिलाइसकिएको जनाइएको छ । उनीहरुलाई आउने–जाने खर्च पनि उपलव्ध गराइने कोषले जनाएको छ । कोषले पाशुपति क्षेत्रभित्र गाँजा, भाङ, जाँड–रक्सीजस्ता नशालु पदार्थको बिक्री–वितरण, ओसार–पसार र प्रयोग नगर्नसमेत सबैलाई अनुरोध गरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...