पूर्वउप्रधानमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्य अवस्था अत्यन्तै नाजुक

20190209020058 bharat

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता एवं पूर्वउप्रधानमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्य अवस्था अत्यन्तै नाजुक रहेकाले बचाउन सकिने अवस्था न्यून रहेको अस्पतालले जनाएको छ ।

अधिकारीको उपचार भइरहेको काठमाडौंको मन्डिखाटरस्थित ह्याम्स अस्पतालले शनिबार पत्रकार सम्मेलन गरी उनका महत्वपूर्ण अंगहरुले काम गर्न छाडेको जनाएको छ ।

फोक्सो र मुटुको समस्या भइ विगत तीन हप्तादेखि पूर्वअर्थमन्त्री अधिकारी उक्त अस्पतालमा उपचाररत् छन् ।

अधिकारीलाई कृत्रिम श्वास–प्रश्वासका लागि ुभेन्टिलेटरुमा राखिएको छ । उनी लामो समयदेखि छातीको संक्रमणबाट पीडित छन् ।

अधिकारीको पछिल्लो स्वास्थ्य अवस्थाबारे जानकारी लिन मन्त्री, नेकपा नेता, शुभचिन्तकलगायत अस्पताल पुगेका छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...