पर्यटन प्रवद्र्धन गर्न ‘सुदूरपश्चिम साइकलयात्रा’

Cycle yattra

कैलाली । कैलाली र कञ्चनपुरमा रहेका पर्यटकीय क्षेत्रको प्रचारप्रसार एवं प्रवद्र्धनमा टेवा पुर्याउन ‘सुदूरपश्चिम साइकलयात्रा’ गर्न लागिएको छ ।

कैलालीदेखि कञ्चनपुरसम्म गरिने साइकलयात्रामा देशभरका ४० साइकलयात्रीको सहभागिता रहने आयोजक युथ स्पोटर्स क्लब धनगढीले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

दुई दिने साइकलयात्रा यही फागुन २४ गते धनगढीबाट शुरु भएर फागुन २५ गते महेन्द्रनगर पुगेर समापन हुने जनाइएको छ ।

नेपाल भ्रमण वर्ष २०२० लाई टेवा पुर्याउन गरिन लागेको साइकलयात्राका लागि रु तीन लाख ५० हजारभन्दा बढी खर्च लाग्ने अनुमान गरिएको छ ।

यात्राका सहभागीलाई फागुन २३ गते कैलालीका विभिन्न पर्यटकीय र धार्मिकस्थलको भ्रमण गराएर फागुन २४ गते धनगढी रङ्गशालादेखि साइकलयात्रा शुरु गर्ने तयारी भएको आयोजकले जनाएको छ ।

पहिलो दिन कैलालीको मझगाउँमा रहेको घरवासमा वास बसेर दोस्रो दिन कञ्चनपुरका पर्यटकीय क्षेत्रको साइकलमार्फत् भ्रमण गराउँदै कार्यक्रम समापन गर्ने कार्यक्रम बनाइएको ‘टूर दी फारवेष्ट साइकल यात्रा’का संयोजक टेकराज पनेरुले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...