मिर्गौलापीडित शिक्षकलाई १० लाख सहयोग, सहयोग रकम प्राप्त हुँदै

Paisa

काठमाडौं । मिर्गौलापीडित एक जना शिक्षकलाई उपचारका लागि १० लाख आर्थिक सहयोग गरिएको छ ।

वालिङ तथा आसपासका विद्यालयमा अध्यापनरत शिक्षक खुमबहादुर गुरुङको उपचारका लागि रकम संकलन गरी हस्तान्तरण गरिएको रकम संकलनका अभियानकर्ता टीकराज गुरुङले बताए ।

वालिङ नगरपालिका-१ रामबाच्छामा बसोवास गर्दै आएका गुरुङको दुबै मिर्गौलाले काम गर्न छाडेपछि उनका उपचारका लागि सामाजिक सञ्जालमार्फत ‘सपोर्ट फर केवी गुरुङ’ अभियान सञ्चालन गरेपछि देश तथा विदेशबाट सहयोग रकम प्राप्त भएको अभियानकर्ता टीकाराजले बताए ।

'केवी सरको उपचारका लागि सहयोग रकम आउने क्रम जारी छ', अभियानकर्ता गुरुङले भने । २ महीना अघिदेखि उपचारका क्रममा रहेका मिर्गौलापीडित गुरुङले अहिले नेशनल डायलासिस सेन्टरमा उपचार गराइरहेका छन् । उपचारका क्रममा हालसम्म ३ लाख खर्च भइसकेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...