कर्णालीमा खेलाडीलाई खाजा खर्च जुटाउन मिल सञ्चालन

Milll

जुम्ला । कर्णालीका एथलेटिक्स खेलाडीलाई खाजा खर्च जुटाउन कुटानी पिसानी मिल सञ्चालन गरिएको छ ।

खेलाडीको दैनिक प्रशिक्षण र राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय सहभागिताका क्रममा आवश्यक पर्ने यातायात खर्च र खाजा खर्च जुटाउन मिल सञ्चालन गरिएको हो ।

कर्णाली स्पोर्ट्स क्लबले चन्दननाथ नगरपालिका–५ रानीपोखरीनजिकै २२ लाख रुपैयाँ लागतमा मिल निर्माण गरी सञ्चालनमा ल्याएको हो ।

यसअघिका थुप्रै राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय म्याराथनमा कीर्तिमान राखेका जुम्लाका एथलेटिक्स खेलाडीले भोग्नुपरेको आर्थिक संकट हटाउन मिल सञ्चालन गरिएको क्लबका अध्यक्ष सरोज शाहीले बताए ।

मिलबाट प्राप्त आम्दानी नयाँ खेलाडी उत्पादन तथा खेलाडी व्यवस्थापनमा खर्च गरिने उनले बताए ।

‘नियमित प्रशिक्षणका क्रममा खाजा, पोसाक र यातायात खर्च नहुँदा हाम्रा खेलाडी निरुत्साहित छन्’ उनले भने, ‘अब त्यो समस्या अन्त्य गरी कर्णालीको खेलबाट नेपाललाई विश्वसामु चिनाउन दक्ष खेलाडी उत्पादन गर्नेछौं ।’

एथलेटिक्स प्रशिक्षक तथा धावक हरिबहादुर रोकायाले मिल सञ्चालनका लागि ३५ लाखबराबरको जग्गा उपलब्ध गराएका छन् । उनकै नाममा रहेको हरिबहादुर फाउन्डेसनबाट एक लाख ५० हजार नगद सहयोग गरेका छन् ।

‘भोकै प्रशिक्षण गराउँदा र अरूसँग सहयोग माग्न जाँदा खेप्नुपरेको तिरस्कारको पीडा हामीलाई मात्रै थाहा छ’, धावक रोकायाले भने, ‘त्यसैको अन्त्यका लागि मिल सञ्चालनमा सहयोग गरेको हुँ ।’

कुटानी पिसानी मिल सञ्चालनका लागि ग्रिड इन्टरनेसनल काठमाडौँले १४ लाख, राधा पौडेल फाउन्डेसनले २५ हजार र स्थानीय वडाले एक लाख ५० हजार रुपैयाँ अनुदान सहयोग गरेका छन् ।

यस्तै कर्णाली स्पोर्ट्स क्लबका खेलाडीले मिल निर्माणमा श्रमदान गरेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...