ज्युँदो बाबुलाई मारेर नागरिकता लिने भारतीय पक्राउ

Pakkrau 1

काठमाडौं । ज्युँदो बाबुलाई मरेको भन्दै किर्ते गरेर नेपाली नागरिकता लिने भारतीय नागरिक पक्राउ परेका छन् ।

भारत विहार अररियाका शम्भुप्रसाद साहले नागरिकता अभिलेखमै नभएका व्यक्तिको नाम किर्ते गरी आवश्यक काजगपत्र बनाई जिल्ला प्रशासन कार्यालय मोरङबाट नागरिकता लिएका थिए ।

२०५६ पुस १३ मा जारी नागरिकतामा साहको बुबा स्वर्गीय अनुपलाल साह लेखिएको छ । तर उनका बाबु विश्वनाथ साह हुन् । उनी जीवितै छन् ।

नगर पञ्चायत जोगबनीले तयार पारेको आमनिर्वाचन नामावलीमा साहको बाबुको नाम विश्वनाथ लेखिएको छ ।

मोरङ जिल्ला, विराटनगर ठेगाना उल्लेख गरेका साहले सुरुमा बनाएको नागरिकता हराएपछि वंशजका आधारमा काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट २०६४ पुस १७ प्रतिलिपि लिएको पाइएको छ ।

साहविरुद्ध गृह मन्त्रालयमा उजुरी परेपछि महानगरीय प्रहरी परिसर टेकुले छानबिन गरेको थियो । छानबिनका क्रममा किर्ते गरेर नागरिकता लिएको खुलेपछि साह गत साता पक्राउ परेका हुन् ।

उनले किर्ते नागरिकतालाई नै आधार बनाएर २०५७ मंसिरमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बनाएका छन् ।

यस्तै उनले सोही नागरिकताका आधारमा विराटनगर र सिरहाको बस्तीपुरमा जग्गा खरिद गरेको पाइएको छ ।

काठमाडौंको कालीमाटीमा ‘सन्त तुलसीदास फ्रुट सेन्टर प्रालि’ नामक फलफूल पसल सञ्चालन गर्दै आएका साह २०७३ जेठ २० गते सरकारी अनुगमन टोली जाँदा भागेका थिए ।

आन्तरिक राजस्व कार्यालयको टोलीले अनुगमन गर्न जाँदा साह नभेटिएपछि बिलबिजक तथा खाता बुझाउन पत्र काटेको थियो ।

किर्ते नागरिकताका आधारमा साहले काठमाडौं महानगरपालिकाबाट विवाह दर्ताको प्रमाणपत्र लिएका छन् ।

किर्ते गरी नागरिकता लिएका भारत बिहारका शम्भुप्रसाद साहले स्वर्गीय अनुपलाल साहलाई बाबु भनेका छन् । तर उनका बाबु विश्वनाथ जीवितै छन् ।

महानगरीय प्रहरी परिसर टेकुका एसपी अशोक सिंहका अनुसार भारतीय नागरिक भएर झूटो व्यहोरा बनाई किर्ते गरेर नक्कली नागरिकता बनाएको आरोपमा साहमाथि अनुसन्धान भइरहेको छ ।

परिसरले जिल्ला प्रशासन कार्यालय मोरङलाई पत्राचार गर्दै साहको नागरिकता बनाउँदा सर्जि्मिन भए नभएको र भएको भए त्यसमा को–को संलग्न थिए भन्ने व्यहोरा पठाइदिन भनेको छ ।

एसएसपी सिंहले भने, ‘साहले भारत र नेपाली दुवै नागरिकता बोकेर नेपालमा व्यवसाय गर्दै आएको पाइयो ।मोरङबाट केही तथ्य आएपछि नागरिकता किर्तेबारे थप रहस्य खुल्छ ।’ सिंहका अनुसार साहका बाबु विश्वनाथ जीवित छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...