आगलागीबाट चौध बाख्रा मरे

Aaglagi 45

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ नागीमा गोठमा भएको आगलागीबाट १४ बाख्रा मरेका छन् ।

स्थानीय कृषक आइती गर्वुजाको गोठमा रहेका पशु चौपायालाई न्यानो गराउन बालिएको आगो गोठमा सल्किएर आगलागी हुँदा बाख्रासहित गोठभित्र रहेका सामान जलेर रु १ लाख ५७ हजार बढीको क्षति भएको स्थानीय पुर्ख फगामीले जानकारी दिए ।

हिमपातका कारण कठ्याङ्ग्रिएका गाई र बाख्रालाई न्यानो बनाउन साँझ बालिएको आगो हावाहुरीले नजिकै रहेको सुकेको घाँस र सेउलामा सल्कन गई आगलागी भएको हो ।

अगलागीमा परेर चार बाख्रा, दुई बोका र आठ पाठापाठी जलेर मरेको पीडित परिवारले जनाएको छ ।

आगलागीबाट करीब रु ४० हजार बराबरको काठसहित २० हजार बढी खर्चिएर बनाइएको खोर पूर्ण रुपमा जलेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...