१५ वर्षीया छोरीले गरीन बाबुको किरिया

Kriya4484

भरतपुर । भरतपुर महानगरपालिका–११ बसेनीकी १५ वर्षकी आर्मिन्ता देवकोटा बाबुको किरिया बसेकी छन् ।

छोराले मात्रै बुबाआमाको काज–किरिया गर्ने परम्परालाई तोड्दै उनी हिन्दू संस्कारअनुसार आफै किरिया बसेकी हुन् ।

उन्का बाबु लक्ष्मण देवकोटाको फागुन ९ गते ३९ वर्षको उमेरमा हृदयाघातका कारण निधन भएको थियो ।

गोरखाको पालुङटार घर भई शिक्षक पेशामा आवद्ध बाबु लक्ष्मणको निधन भएपछि ठूली छोरी आर्मिन्ता किरियामा बसेकी हुन् । कान्छी छोरी नौ बर्षकी छन् ।

सङ्गीता बाबुले आफूलाई अनेक दुःख, समस्या भोगेर पनि स्याहार गरेकोप्रति कृतज्ञता जनाउन पनि किरिया बसेको बताउछन् । बुबाले आफू नमर्दै तिमी मेरो छोरा हो, म मरे भने पनि तिमी किरिया बस्नु भन्ने गरेको उनले बताईन् ।

आर्मिन्ताले हिन्दू संस्कारअनुसारका सबै कर्म गरेर बाबुको किरिया गरिरहेको मृतकका काका मानबहादुर देवकोटाले जानकारी दिए । छोराछोरी बराबर ठानेर छोरीकै चाहनाबमोजिम किरिया गरेको उनले बताए ।

पुरुषप्रधान समाजमा महिला सशक्तीकरणका लागि सन्देश दिने उद्देश्यले छोरीले गर्ने किरियालाई महत्व दिएको मानबहादुरको भनाइ छ ।

१५ वर्षीया किशोरीले बाबुको किरिया गरेपछि स्थानीयवासीले पनि आर्मिन्ताको साहसको प्रशंसा गरेका छन् ।

उनीहरुले आर्मिन्ताको अभियानले महिला पनि पुरुषसरह जस्तोसुकै परिस्थितिसँग पनि जुध्न सक्छन् भन्ने उदाहरण पेस गरेको बताएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...