कञ्चनपुरका मुक्त हलियाका घर तोडफोड

Kanchanpur 55

कञ्चनपुर । अज्ञात समूहले कञ्चनपुरको बेलौरी नगरपालिका–२ मा निर्माणाधीन मुक्त हलियाका घर भत्काइदिएको छ ।

निर्माणाधीन १५ वटा घरमा तोडफोड गरी १० लाख रुपैयाँ भन्दा बढीको क्षति र्पुयाइएको छ । तीमध्ये सात वटा घर पूर्णरुपमा भत्काउँदा हलिया परिवार समस्यामा परेका छन् ।

राष्ट्रिय मुक्त हलिया समाज कञ्चनपुरका अध्यक्ष सिवी लुहारका अनुसार मुक्त हलिया परिवारलाई पेयजल उपलब्ध गराउनका लागि जडान गरिएका छ वटा नल पनि चोरी भएका छन् । निर्माण हुँदै गरेका छ वटा घरका झ्यालसमेत चोरी भएको छ ।

भूमि सुधार कार्यालयले १५ परिवार मुक्त हलियालाई पुनःस्थापन गराउनका लागि प्रतिपरिवार दश धुर जग्गा र घर निर्माणका लागि दुई लाख २५ हजार रुपैयाँ उपलब्ध गराएको थियो ।

‘कार्यालयले पुनःस्थापन गराएको जग्गामा घर निर्माण हुँदै गर्दा अज्ञात समूहले तोडफोड गरी इँट्टा, नल र झ्याल चोरी गरेर लगेको छ’, मुक्त हलिया गणेश सुनारले भने, ‘घर निर्माण हुँदै गर्दा भत्काएर क्षति पु¥याएपछि बिचल्लीमा परेका छौँ ।’

‘पुनःस्थापन हुन पाउँदा निकै खुशी थियौँ’, उनले भने, ‘बन्दै गरेका घर भत्काएपछि घर निर्माणका लागि रकम कसरी जुटाउने भन्ने पीर थपिएको छ ।’

निर्माणाधीन घर भत्काइएपछि इलाका प्रहरी कार्यालय बेलौरीमा बिहीबार लिखित जानकारी दिइएको अध्यक्ष लुहारले बताए । प्रहरीले घर भत्काउनेको खोजी गरी कारवाही गर्ने आश्वासन दिए पनि हालसम्म कसैलाई पनि पक्राउ नगरेको उनले बताए ।

अज्ञात समूहले भत्काएका घरको नगर प्रमुख पोतिला चौधरीसहितको जनप्रतिनिधि टोलीले अनुगमनसमेत गरेको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...