टिप्परको ठक्करबाट बालक गम्भिर घाईते

Triper thalkkar

कैलाली । टिप्परको ठक्करबाट सुखडमा एक जना बालक गम्भिर घाईते भएका छन् ।

पुर्व पश्चिम राजमार्ग अन्तर्गत कैलालीको घोडाघोडी नगरपालिका १ सुखडमा मे १ क ३२८ नम्बरको टिप्परले बालकलाई ठक्कर दिंदा घोडाघोडी नगरपालिका १ पिपल डाँडाका ६ वर्षिय सुवास बस्नेत घाईते भएका छन् ।

उनले बाटो काट्ने बेला टिप्परले ठक्कर दिएको हो । घाईते बालकको घोडाघोडी अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज रेफर गरिएको छ ।

टिप्पर चालक कञ्चनपुरको बेदकोट नगरपालिका ३ दैजीका ४३ वर्षिय हिरा सिंह धानुक र ठक्कर दिने टिप्परलाई ईलाका प्रहरी कार्यालय सुखडले नियन्त्रणमा लिएको छ ।

प्रतिकृया दिनुहोस