विषादी चकलेट खाँदा ३ बालबालिका बिरामी

Balak birami

गाईघाट । बाबाजीले दिएको चकलेट खाँदा ३ बालबालिका बिरामी परेका छन् ।

बुधबार दिउँसो बाटोमा हिडँदै गरेका तीन बाबाजीले दिएको चकलेट खाँदा उदयपुरको कटारी नगरपालिका-११ गहुँवारीका रुद्रबहादुर श्रेष्ठका २ वर्षीय छोरा मिनु श्रेष्ठ, शेरबहादुर खत्रीका ३ वर्षीय छोरा संयोग र ५ वर्षीया छोरी समिक्षा खत्री बिरामी परेका हुन् ।

तीनैजना बालबालिकाको कटारी अस्पतालमा सामान्य उपचारपछि बिराटनगरस्थित नोवेल अस्पतालमा थप उपचारका लागि लगिएको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख डीएसपी धुर्वकुमार श्रेष्ठले बताए। उनीहरु खतरामुक्त रहेको श्रेष्ठले जानकारी दिए ।

कटारी अस्पतालले चकलेटमा विषादी रहेको हुनसक्ने आशंका गरेपछि थप उपचारका लागि सुविधा सम्पन्न अस्पतालमा रेफर गरेको डिएसपी श्रेष्ठले बताए ।

चकलेट खान दिएको एक घण्टापछि तीनैजना बालबालिका बिरामी परेपछि अभिभावकले प्रहरीलाई खबर गरेका थिए ।

खबर गरेलगत्तै गएको प्रहरीको टोलीले चकलेट खान दिएको आशंकामा बाबाजीलाई नियन्त्रणमा लिएको जनाएको छ ।

चकलेटकै कारणले बिरामी परेको हो वा हैन् भन्ने एकिन भइनसकेकाले प्रहरीले बाबाजीको नाम सार्वजानिक गरेको छैन् ।

डीएसपी श्रेष्ठले भने, ’आशंकामा पक्राउ परेका बाबाजीले नै चकलेट दिएको हो, हैन् खुलिसकेको छैन्, बयानका क्रममा उनीहरुले स्वीकार नगरेकाले थप अनुसन्धान थालिएको छ ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...