१५ वर्षपछि मकवानपुरमा उच्च हिमपात, सवारी आवागमन प्रभावित

Himpaat yatayat thappa1

हेटौंडा । मकवानपुरका विभिन्न स्थानमा करिब १५ वर्षपछि उच्च हिमपात भएको छ । हिमपातले त्रिभुवन राजपथ बिहानैदेखि अबरुद्ध भएको छ ।

थाहा नगरपालिकाको दामन, पालुङ, सिम भञ्ज्याङलगायतका डाँडा, बस्ती तथा सडकहरुमा हिमपात भएपछि राजपथको सवारी आवागमन प्रभावित बनेको हो ।

जिल्ला प्रहरी कार्यालय, मकवानपुरले दिएको जानकारी अनुसार, राजपथमा ४ फिटसम्म हिउँ जमेको छ ।

हिउँ परेपछि काठमाडौंतर्फ हिँडेका सवारी अधोरमा रोकिएका छन् भने काठमाडौंबाट हेटौंडा आउने सवारी पनि पालुङको ओखर बजारबाट अघि बढ्न सकेका छैनन् ।

थाहा नगरपालिकाको उच्च भू–भागमा प्रत्येक वर्ष हिमपात हुने गरे पनि यसपटक भने बस्तीहरुमा समेत हिमपात भएको छ ।

हिमपातले थाहानगरका अघिकांश भाग सेताम्य भएको थाहा नगरका मेयर लवशेर बिष्टले बताए ।

हिमपातसँगै हेटौंडालगायतका स्थानबाट हिउँका पारखीहरु डाँडाकाँडामा पुगेको स्थानीय सञ्चारकर्मी रुपक कालीराजले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...