बाबुछोराको करेन्ट लागेर ज्यान गयो

1521700120 deadbody

सप्तरी । खडक नगरपालिका वाड नं. ९ बिलजा टोलमा करेन्ट लागेर बाबु र छोराको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय ३५ वर्षीय विरेन्द्र चौधरी र उनका १२ वर्षीय छोरा कृष्ण चौधरी रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

प्रहरीका अनुसार बावुछोरा आफ्नै घर बनाउनको लागि छड (डण्डी) सिधा पार्ने क्रममा उक्त डण्डीले बिजुलीको तारमा छुनगई करेन्ट लागि घाइते भई उपचारको लागि लहान अस्पतालमा पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यता यो घटनाको सम्बन्धमा आवश्यक थप अनुसन्धान कार्य भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...