मन्त्री रवीन्द्र अधिकारीको एक दिने राष्ट्रिय शोक

18781125401235165793helicopter

काठमाडौं । ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको शोकमा सरकारले बिहीबार सार्वजनिक बिदा दिएको छ ।

सरकारले एक दिने राष्ट्रिय शोकको घोषणा गर्दै बिहीबार सार्वजनिक बिदा दिएको हो । बुधबार भएको हेलिकप्टर दुर्घटनामा मन्त्री अधिकारीसहित सबै सातजनाको निधन भएको छ ।

मन्त्री अधिकारीसहित चारजनाको शव बुधबार बेलुका सेनाको नाइटभिजन हेलिकप्टरले घटनास्थलबाट लिफ्ट गरेर सुकेटार विमानस्थल ल्याएको थियो । बाँकी तीनजनाको शव बिहीबार बिहान सुकेटार विमानस्थल ल्याउने तयारी छ ।

दुर्घटनापछि बुधबार बसेको मन्त्रीपरिषदको आकस्मिक बैठकले मन्त्री अधिकारीको निधनमा शोक व्यक्त गर्दै एक दिने राष्ट्रिय शोकको घोषणा गरेको हो ।

प्रतिकृया दिनुहोस