हेलिकोप्टर दुर्घटनामा पर्यटनमन्त्रीसहित सबै मृत, भेटियो ७ जनाको शब

Rabindra adhikari 1

काठमाडौं । पर्यटनमन्त्री रविन्द्र अधिकारी सवार एयर डाइन्सेटीको हेलिकप्टर ताप्जेलुङमा दुर्घटना भएको छ । सो दुर्घटनामा परी पर्यटनमन्त्री अधिकारीको मृत्यु भएको छ ।

ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा ७ जनाको शव भेटिएको प्रहरीले पुष्टि गरेको छ । पाथीभरा दर्शन गरेका फर्किएका संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जना चढेको हेलिकोप्टर साविकको मैयुम गाविसको खप्टेढुंगामा दुर्घटना भएको हो ।

मन्त्रीसहित ६ जनाको टोली पाथिभरा मन्दिर दर्शन गरेर तेह्रथुमको चुहानडाँडामा एयरपोर्ट निरीक्षणका लागि जाँदै गर्दा बीचैमा दुर्घटना भएको थियो ।

हेलिकप्टरमा पर्यटनमन्त्री अधिकारीसहित पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, प्रधानमन्त्रीको कार्यालयका उपसचिव युवराज दाहाल, पर्यटन मन्त्रालयका उपमहानिर्देक विरेन्द्रकुमार श्रेष्ठ, पाइलट प्रभाकर केसी, पिएसओ अर्जुन घिमिरे र विपेन्द्र प्रसाद श्रेष्ठ थिए । सबैको शब भेटिएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस