कुटपिटबाट एक जनाको मृत्यु, घटनामा संलग्न २ पक्राउ

Mirtu balak

रूकुम(पूर्व) । पुथा उत्तरगङ्गा गाउँपालिका–१० बाछीगाउँमा कुटपिटबाट एकको मृत्यु भएको छ । बाँके नेपालगञ्जका ४६ वर्षीय दीपक भनिने टक्क रावतको कुटपिटबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्व)ले जानकारी दिएको छ ।

कुटपिट गर्ने दाङ घोराही उपमहानगरपालिका–१९ का २४ वर्षीय शिवराज राना र जाजरकोट नलगाड नगरपालिका–३ का २३ वर्षीय गोविन्द पुन रहेको प्रहरी नायव उपरीक्षक योगेन्द्रकुमार खड्काले बताए ।

आइतबार साँझ ९ बजे रावतमाथि कुटपिट भएको थियो । उनीहरु तीनै जना शहीदमार्गको कोशी एण्ड न्यौपाने निर्माण सेवा प्रालिमा कार्यरत थिए ।

मादक पदार्थ सेवन गरी आपसमा झगडा गर्दा रावतलाई लठ्ठीले हिर्काइ अचेत अवस्थामा पुर्याइएको थियो ।

कुटपिटबाट गम्भीर घाइते रावतको उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा मङ्गलबार बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ ।

रानालाई तत्काल प्रहरीले नियन्त्रणमा लिएको थियो भने पुनलाई सोमबार नियन्त्रणमा लिई कानूनी प्रक्रिया शुरु गरेको प्रनाउ खड्काले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...