कर्तव्य ज्यान मुद्दामा फरार अभियुक्त पक्राउ

Pakkrau 1

ताप्लेजुङ । कर्तव्य ज्यान मुद्दामा ६ वर्षदेखि फरार अभियुक्त पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ताप्लेजुङको मेरिङदेन गाउँपालिकास्थित लिङतेपका २५ वर्षिय सागर केदेम रेहका छन् ।

विसं २०६९ मा मेरिङदेनकै खाम्लुङमा विवाहमा गएकी १४ वर्षिय बालिकालाई जबर्जस्ती करणी गर्न खोज्दा नमानेपछि कुटपिट गरी मरणासन्न अवस्थामा छाडेर फरार थिए ।

सोही समयमा उनीविरुद्ध ज्यान मार्ने उद्योग शीर्षकमा मुद्दा दर्ता भएकोमा बालिकाको विपी कोइराला स्वस्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भई छ महीनापछि सोही घाउचोटकै कारण मृत्यु भएपछि कर्तव्य ज्यान शीर्षकमा मुद्दा परिणत भएको थियो ।

उनलाई लुकीछिपी बसेको अवस्थामा मङ्गलबार पक्राउ गरी जिल्ला अदालत ताप्लेजुङबाट म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जानकारी दिएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...